दोधारा चाँदनीमा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु


पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकाको चाँदनी खेल मैदानमा बुधवार देखि १६ औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता सुरु गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका १२ वटा सामुदायिक र संस्थागत बिद्यालयले प्रतियोगितामा सहभागी भएका उहाँले बताउनुभयो । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा ३ दिन सम्म प्रतियोगिता सुरु गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष तेजराज गिरीले बताउनुभएको छ् । प्रतियोगिता सकिए लगत्तै २ दिनको लागी आधारभुत तहका बिद्यार्थीहरुलाई समेटर प्रतियोगिता समेत हुने उहाँको भनाई छ् ।

प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै सुदुरपश्चिम सभा सदस्य बेल बहादुर रानाले विद्यार्थीहरुले क्षमता पहिचान गरेर सोही अनुरुप अघि बढ्नुपर्ने बताउनुभयो । पढाई संगै आफू भित्र लुकेको प्रतिभालाई सोही बाटो तर्फ विद्यार्थीहरुलाई विद्यालयले डोर्‍याउने पर्ने उहाँले बताउनुभएको छ् । खेलकुदका माध्यमबाट राष्ट्रिय,अन्तर्राष्ट्रिय रुपमा खेलाडी संगै राष्ट्रको पहिचान स्थापित हुने उनको प्रदेश सभा सदस्य बेल बहादुर रानाले बताउनुभयो । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको उहाँको भनाई छ् ।

कार्यक्रमका अर्का बक्ता पुर्व सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले दोधारा चाँदनी नगरपालिकामा सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा सहभागी बिद्यार्थीहरु तथा बिद्यालयहरुलाई शुभकामना दिनुभएको छ् । उहाँले खेलकुदका गतिविधिले विद्यार्थीका साथै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुका बीचमा पनि एक किसिमको प्रतिस्पर्धा ल्याएको बताउनुभएको छ् ।

किताविय ज्ञान संगै अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने गरी विद्यालय अघि बढ्नुपर्नेमा पुर्व मन्त्री मान बहादुर सुनारले बताउनुभयो । स्वस्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने नारा सहित दोधारा चाँदनी नगरपालिकामा सुरु भएको १६ औं राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगितामा सहयोग गर्न नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले सबैमा आह्वान गरेको छ् ।

 


Loading Viewer...

ताजा समाचार

spot_img