पप्पु गुरुङ्ग, दोधारा । वालविवाह अन्त्यको लागी स्थानिय वालअधिकार समितिको कार्य योजना निमार्ण कार्यशाला गोष्ठी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ् । प्लान ईनटरनेशनल, अष्ट्रेलियन एडको सहयोग र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा एक दिने वालविवाह अन्त्यको लागी स्थानिय वालअधिकार समितिको कार्य योजना निमार्ण कार्यशाला गोष्ठी सम्पन्न भएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) उत्थानशिल भविष्य वालविवाह अन्त्य परियोजनाका कार्यक्रम संयोजक गणेश भट्टले बताउनुभएको छ् ।


दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सञ्चालन भएको कार्यशाला गोष्ठीमा जनप्रतिनिधी, नगरपालिका कार्यालयका शाखा प्रमुख, बिभिन्न संघ–संस्था, वालअधिकार समिति, सुरक्षाकर्मी लगाएत पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम संयोजक गणेश भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा वालविवाह अन्त्य गर्न वडा तथा टोल बस्तीमा बिभिन्न कार्यक्रम सञ्चालन भईरहेको उहाँले बताउनुभएको छ् । कम उमेरमा हुने विवाह तथा जवरजस्ती रुपमा हुने विवाह अन्त्यका लागि दोधारा चाँदनी नगरपालिका कार्यालयले सचेतचनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको महिला तथा वालवालिका शाखाकाका शाखा प्रमुख डम्मरा पन्तले बताउनुभएको छ् ।


अधिकांश विवाह कम उमेरमा विवाह हुने गरेको बिभिन्न तथ्यांकले देखाएको शाखा प्रमुख डम्मरा पन्तले बताउनुभयो । वालविवाह न्यूनिकरण गर्नको लागि सवल पक्ष, अवसर पक्ष, कमजोर पक्ष र चुनौती पक्षको सम्बन्धमा वृहत छलफल गरिएको छ् । बालविवाह न्यूनिकरणका लागि बाल संरक्षणका संयन्त्रको निमार्ण र सर्वपक्षिय भूमिकालाई अभिवृद्धि गरी क्रियाशिल बनाउन आवश्यक रहेको बक्ताहरुले जोड दिएका छन् ।


सन २०३० सम्ममा बालविवाह अन्त्य गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप उद्धेश्य पुरा गर्न सबैले आ–आफ्नो ताप्काबाट सहयोग गर्नु पर्ने कार्यक्रममा बताईएको छ् ।






