भीमदत्त ७ हल्दुखालमा भुवा पर्वको रौनक

कञ्चनपुर : भीमदत्त ७ हल्दुखालमा भुवा पर्वको रौनकता ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे…. भस्सा ।। भीमदत्त नगरपलिका ७ हल्दुखालमा रहेको राधाकृष्ण मन्दिर संरक्षण समिती ले भुवा पर्व (भस्सो) को आयोजना गरीएको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा समितीका अध्यक्ष लक्ष्मण अधिकारी, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो कार्यक्रममा सम्बोधन गर्दे नगर उप प्रमुख लेखकले सुदूरपश्चिममा एकतामा विभधता रहेको आफनै मौलिकपन आफनै कला संस्कृती रहेको यसको जेगर्ना गर्न सबैले आआफनो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो ।

साथै आफ्नो मौलिक कला सस्कृती बचाउनका लागि आफ्नो सस्कृती लाई माया गरि यो भुवा भस्सो कार्यक्रमको आयोजना गरेको प्रती आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र कर्णाली प्रदेशमा पनि खेलिने यो पर्व अहिले तराँइका जिल्ला कञ्चनपुर कैलालीमा पनि खेल्ने प्रचलन रहेको छ । कतै शुक्रवार राति र कतै शनिवार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् । बाजुरा, बझाङबाट तराईमा बस्दै गरीरहनु भएका हरुले भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ ।

पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्ने परम्परा रहेको राधाकृष्ण मन्दिर संरक्षण समितीका अध्यक्ष लक्ष्मण अधिकारी (दुबईको लाहुरे) ले बताउनु भयो । उहाँले यो पर्वले आपसी भाईचारा मात्रै नभएर अनुशासन पनि सिकाउने, र विषेश गरेर त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती रहेको बताउनु भयो । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाइ रहेको बताउनु भयो । भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउनका लागी युवाहरु महिलाहरुले पनि साथ दिने गरेको र यो पर्वको मौलिकतामा भिज्नका लागी नयाँ पुस्ताहरुले पनि यो खेलमा भाग जनाएको उहाँले बताउनु भयो ।

ताजा समाचार

spot_img