बाढीको जोखिममा रहेको रामपुरे टापुमा खोज तथा उद्धार सामग्री वितरण


पप्पु गुरुङ्ग, कञ्चनपुर । दोधारा चाँदनीको रामपुरे टापुमा खोज तथा उद्धार सामग्री बितरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ रामुपुरे टापुमा बसोबास गर्ने स्थानियबासीहरुलाई डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाको बाढी पुर्वानुमानमा आधारित अग्रिम प्रतिकार्यका लागी सामुहिक नगद सहायताबाट २३ थान सर्च लाईट, २ थान लाईफ ज्याकेट लगाएत खोज तथा उद्धार सामग्री बितरण गरिएको रामपुरे टापु सामुदयिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सचिव हस्ता कुमार थापा मगरले जानकारी दिनुभएको छ् । रामपुरे टापु सामुदयिक विपद् व्यवस्थापन समितिको अनुरोध तथा संस्थाको सहयोगमा उक्त खोज तथा उद्धार सामग्री बितरण गरिएको उहाँले बताउनुभयो ।

मनसुन सुरु हुने भए संगै बाढी जन्य विपदबाट जोगिन खोज तथा उद्धारका सामग्रीहरुले सहयोग पुग्ने रामपुरे टापु सामुदयिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सचिव थापा मगरले बताउनुभएको छ् । रामपुरे टापु बस्तीमा बाढीबाट समुदायलाई तयारी अवस्थामा राख्न खोज तथा उद्धारका सामग्रीहरु वितरण गरिएको उहाँले बताउनुभएको छ् । खोज तथा उद्धार सामग्री बितरण कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्यायले जगबुडा नदीले चारै तिर घेरेको बस्ती भएको हुदा नदीमा भंगालो बस्तीमा पसेर ठुलो धनमालको क्षती बनाउदै आएको बताउनुभएको छ् ।

बस्तीमा बसोबास गर्ने स्थानियहरुलाई बाढीबाट जोगाउन स्थानिय सरकार र संघ–संस्थाले प्रयास गर्दै आएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरुको ज्यान तथा धानमाल जोगाउन बाढीको कृत्रिम नमुना अध्यास, खोज तथा उद्धार सामग्री बितरणमा स्थानिय सरकारलाई बिभिन्न संघ–संस्थाहरुले सघाउदै आएको वडा सदस्य संदिप उपाध्यायले बताउनुभएको छ् ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्दढ परियोजनाका सामाजिक परिचालिका निर्मला सुनार, वडा सदस्य संदिप उपाध्याय, रामपुरे टापु सामुदयिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img