जनप्रतिनिधीको पहलमा कमलशा टोलमा बिद्युत नयाँ ट्रान्सफारमर जडान


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– २ को कमलशा टोलमा रहेको बिद्युत ट्रान्सफारमर बिग्रीएपछि वडा जनप्रतिनिधीको पहलमा नयाँ ट्रान्सफारमर जडान गरिएको छ् । ट्रान्सफार्मरमा बिद्युत भोल्टेज कम भई बारम्बार फ्युज उड्ने र कम भोल्टेज हुदा गर्मीमा स्थानिय सकस संगै धान रोपाईको सिजनमा किसानहरुलाई सिचाईको समस्या पर्दै जाँदा दोधारा चाँदनी नगरपालिका– २ वडाका जनप्रतिनिधीहरुले बिद्युत कार्यालयमा पुगी जनतालाई समस्या भएको बिषयमा तुरुन्त पहल गर्न माँग गरेका थिए ।

फ्युज उड्दै जादा ट्रान्सफारमरमा खरावी आएको बिषयलाई बिद्युत प्राधिकरणले गम्भीरताका साथ लिन बिद्युत प्राधिकरणलाई आग्रह गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले बताउनुभएको छ् । बिद्युत कार्यालयमा पहल पछि प्राधिकरणले उक्त स्थानमा बढी क्षमता भएको बिद्युत ट्रान्सफार्मर जडान गरिएको बताईएको छ् ।

धान रोपाईको समयमा सिचाईको लागी बिद्युत सेवा अवरुद्ध भएपछि वडा कार्यालयको पहलमा बढी क्षमताको बिद्युत ट्रान्सफारमर जडान गरि बिद्युत सेवा सुचारु गरेको भन्दै वडाबासीहरुले वडा जनप्रतिनिधीहरुलाई धन्यबाद दिएको स्थानियबासीहरुले बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img