
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा बिद्यालय स्तरिय फुटवल प्रतियोगिता सुरु भएको छ् । कमलशा युवा क्लवको आयोजना र दोधारा चाँदनी नगरपालिका तथा बिभिन्न ब्यक्तीहरुको सहयोगमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ लक्ष्मी माध्यमिक बिद्यालयमा बिद्यालय स्तरिय पुटवल प्रतियोगिता सुरु गरिएको कमलशा युवा क्लव दोधारा चाँदनीका खेल संयोजक आयुष बरालले जानकारी दिनुभएको छ् ।


नगर क्षेत्रका ८ बिद्यालयमा प्रतियोगितामा सहभागी भएका खेल संयोजक आयुष बरालले बताउनुभएको छ् । लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गरौ नारा सहित सञ्चालन भएको प्रतियोगितामा बिजयता हुने टिमलाई रु. १७ हजार १ सय ११ र उप–बिजयता हुने टिमलाई रु. १० हजार १ सय ११ तथा शिल्ड तथा प्रमाण पत्र रहेको उहाँले बताउनुभएको छ् । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले युवाहरुले लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्नको लागी सञ्चालन गरेको फुटवल प्रतियोगिता उत्साहजनक रहेको बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले समेत लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन वर्षेनी ठुला लगानी गर्दै आएको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु खेलप्रेमी भएकै कारण युवाहरुलाई खेलमा अघि बढाउन बिभिन्न योजना बनाई प्रतियोगिता तथा खेलाडीहरुलाई सहयोग गर्दै आएको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभएको छ् ।






