वाल विवाह अन्त्यको लागी दोधारा चाँदनीमा किशोरी वाल क्लवलाई तालिम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वाल विवाह अन्त्यको लागी किशोरी वाल क्लवहरुलाई तालिम सञ्चालन गरिएको छ् । प्लान ईन्टरनेशनलको सहयोग र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा वाल विवाह, उमेर नपुगी जबरजस्ती विवाह र जलवायु परिवर्तन बिचको अन्तर सम्बन्धको बारेमा किशोरी वाल क्लवलाई बिभिन्न चरणमा २ दिने तालिम सुरु गरिएको वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) उत्थानशिल भविष्य, वाल विवाहको अन्त्य परियोजनाका सामाजिक परिचालक कबिर साँउदले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ७ र १० मा छरिएर रहेका किशोरी वाल क्लवका १ सय ८० जना किशोरीहरुलाई उक्त तालिम सञ्चालन गरिएको सामाजिक परिचालक कबिर साँउदले बताउनुभएको छ् ।

वालविवाह संग जलवायु परिवर्तनको अन्तर सम्बन्ध र बालविवाह नियन्त्रण गरि स्वच्छ तथा सवल समाज निर्माण गर्ने उद्देश्यले स्थानिय किशोरी एकजुट गराएर यसका बिरुद्ध सचेतना अभियान सञ्चालन सुरु गरिएको सामाजिक परिचालक कबिर साँउदले बताउनुभयो । उत्थानशिल भविष्य, वाल विवाहको अन्त्य परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ७ र १० वडामा गरि ६ वटा किशोरी वाल क्लव गठन गरि बिभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभएको छ् । विभिन्न सामाजिक, आर्थिक लगाएतका कारणहरुले बर्षौं देखि बालविवाह हुदै आएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । वालविवाहलाई जलवायु परिवर्तन संग जोडेर पेसवान संस्थाले नगर क्षेत्रमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभएको छ् ।

बाल विवाह, र जवरजस्ती विबाह रोकथाम सम्बन्धी गठन भएका क्लवका किशोरीहरुको क्षमता विकास गरि बाल विबाह न्यूनिकरणमा किशोरीहरुलाई शसक्त बनाउन तालिम संचालन गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । समाजमा अझै पनि सानै उमेरमा विवाह गर्ने प्रचलन रहेको छ् ।

यसै गरि धार्मिक रुपमा महिनावारी हुनु पूर्व बालिकाको विवाह गर्नाले बुवा आमा स्वर्ग जान पाउने धार्मिक अन्धविश्वास रहेको छ् । यस्ता कुरिती कुसंस्कारका कारण दिन प्रतिदिन बालबिबाह बढ्दै गएको छ् ।

 

ताजा समाचार

spot_img