महेन्द्रनगर : नेपाल एसबीआई बैंक लिमिटेड, शिवनाथ शाखा बैतडीले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत श्रीपुर माध्यमिक विद्यालय, बछलालाई ४३ इञ्चको टेलिभिजन हस्तान्तरण गरेको छ।

टिभी विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवान सिंह साउद तथा प्रधानाध्यापक नमिता जोत सिंह पाललाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो।

बैंकका तर्फबाट शाखा प्रमुख मनिस भट्टराई, अफिसिएटिङ बीएम सुरज भट्ट, अपरेसन इन्चार्ज राम नाथ र कृतिनिधि बडूलगायतको उपस्थिति थियो। विद्यालयमा श्रव्य–दृश्य माध्यममार्फत शिक्षण–अधिगम प्रक्रिया प्रभावकारी बनाउन सहयोग गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा अफिसिएटिङ बीएम सुरज भट्टले विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी समेत प्रदान गरेका थिए। नेपाल एसबीआई बैंकले बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्व र वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।






