धुम्रपान निषेधका अभियन्ता चन्दको निरन्तर सचेतना अभियान

कञ्चनपुर : धुम्रपान तथा मध्यपान निषेधका अभियन्ता मदन बहादुर चन्दको सचेतना अभियान निरन्तर जारी छ । झण्डै अढाई दशकदेखि धुम्रपान तथा मध्यपान निषेधका अभियन्ता चन्दको सचेतना अभियान निरन्तर जारी रहेको हो । भीमदत्त नगरपालिका ७हल्दुखालका स्थानीय समेत रहेका जनआन्दोलनका ०६२/०६३का घाईते चन्दले ०५८सालदेखि निरन्तर धुम्रपान तथा मध्यपान निषेधको अभियान संचालन गरेका थिए । चन्दले आफैले आफ्नै व्यवसाय(पसल)बाट उक्त अभियान संचालन गरेर समाजिक सचेतना ल्याउन प्रयासमा छन ।

अभियान थालेको २५ बर्ष प्रवेस गरेको अवसरमा चन्दले कञ्चनपुरका बढी भिडभाँड हुने कार्यालयमा सचेतनामुलक ब्यानर टाँसेका छन । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मुल गेट क्षेत्रमा ‘स्वास्थ्य जीवन बाँच्नुहोस, धुम्रपान आजै त्याग्नुहोस’ मुल नारा दिएर धुम्रपानले मानिसको ज्यान लिन्छ भन्दै सचेतनामुलक ब्यानर टाँसेका हुन । उनले प्रहरी कार्यालयमा टाँसेको र केही दिनभित्रै स्टेण्ड बनाएर प्रशासनमा पनि टाँस्ने बताए । चन्दले मानिसको जिवन रक्षादेखि स्वाथ्य जिवनका लागि धुम्रपान हानिकारक भएकाले खान नहुने बताउँदै व्यक्ति, व्यक्ति, परिवार, समुदाय स्तरमै सचेतना फैलाउनुपर्नेमा जोडदिए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले स्वास्थ्य जिवनका लागि धुम्रपान त्याग्नुपर्ने अभियान चन्दले सरानिय भएको बताए ।

एसपी खत्रीले जिप्रका क्षेत्रमा टाँसिएको ब्यानरबाट थप प्रभावकारिता आउने बताए । चर्चित डेउडिया कलाकार अधिकारीले अभियान सरानिय भएको बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले समाजसेवी मदन बहादुर चन्दले मानव स्वास्थ्य जिवनका लागि धुम्रपान, मध्यपान बिरुद्धको अभियान सरानिय भएको बताउँदै, प्रशासन प्रवेस क्षेत्रमा सचेतनामुलक स्टेन सहितको ब्यानर टाँस्नुपर्ने बताए । चन्दले थालेको अभियानबाट प्रेरणा पाएर अधिकाँस मानिसले जिवनबाटै धुम्रपान मध्यपान छाडेका छन ।

ताजा समाचार

spot_img