छाडा चौपाया व्यवस्थापनमा जुट्दै दोधारा चाँदनी नगरपालिका, व्यवस्थीत गौशाला निमार्ण गर्ने योजना

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गौशाला निमार्णलाई थप ब्यवस्थीत बनाउन योजना अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका– १० महाकाली नदीको छेउमा रहेको गौशालालाई थप व्यवस्थीत बनाउन योजना रहेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । शुदुरपश्चिम प्रदेश सरकार, दोधारा चाँदनी नगरपालिकाको सहयोगमा झण्डै रु. १ करोडमा निमार्ण गरिएको गौशालालाई थप व्यवस्थीत बनाउन शुदुरपश्चिम प्रदेश सरकार संग गृहकार्य भईरहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो । वडाध्यक्ष सिंहले छाडा पशु चौपाया व्यवस्थापन र उक्त पशु चौपायाको मुत्र गोबर मार्फत गड्यौला पालेर जैविक मल उत्पादन गर्ने योजना अनुसार शुदुरप्रदेश सरकार संग गृकार्य सुरु गर्दै आएको बताउनुभएको छ् ।

एकातिर छाडिएका पशु चौपाया व्यवस्थापन, अर्कातिर गोबर मलबाट गड्यौला पालेर जैविक मल उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना अनुसार योजना माँग अघि बढाएको उहाँले बताउनुभयो । अहिले निमार्ण गरिएको गौशालामा झण्डै २ सय बढी छाडाचौपाया रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका– १० का स्थानियबासी मोहन सुनार अनुसार दोधारा चाँदनी नगरपालिकाले निमार्ण गरेको गोशालाको कारण खेतीपाती छाडाचौपायाबाट जोगिएको बताउनुभएको छ् ।

बिगतका दिनहरुमा छाडाचौपायाका कारण सास्ती व्यवहोर्दै आएका किसानहरुले गौशाला निमार्ण गरि छाडाचौपाया व्यवस्थापन गर्न सुरु भएसंगै छाडाचौपायाबाट अन्नवाली जोगिएको स्थानियबासी मोहन सुनारले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका खुला सिमा भएको कारण भारतबाट आएका छाडाचौपायाको कारण अझै पनि समस्या उत्पन्न भईरहेको उहाँले बताउनुभयो । गौशाला निमार्ण नभएको बेला छाडाचौपायाहरुले खेतमा लगाएको अन्नवाली सबै नष्ट गरेको दोधारा चाँदनी नगरपालिका– १० का अर्का स्थानियबासी लालु सुनारले बताउनुभएको छ् ।

खेतमा अन्नवाली भएको बेला छाडाचौपायाबाट अन्नवाली जोगाउन रातभरी खेतवारीमा जाग्रम बस्नु पर्ने बाध्यता हटेर गएको सुनार बताउछन् । नगर तथा आसपासका क्षेत्रमा छाडा छोडिएका चौपायाका कारण किसानहरुको बालीनालीमा नोक्सानी भएको गुनासो अत्याधिक आउन थालेकाले दोधारा चाँदनी नगरपालिकाले चौपाया संरक्षणका लागि दीर्घकालीन र अल्पकालिन योजनाकोरुपमा नगर क्षेत्रमा काँञ्जी खोर निमार्ण र गौशाला निर्माण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा समाचार

spot_img