महिला पतंजलि योग समिति कञ्चनपुरको जिल्ला अधिवेशन सम्पन्न, भावना के.सी अध्यक्षमा चयन


कञ्चनपुर : महिला पतंजलि योग समिति कञ्चनपुरको जिल्ला अधिवेशन आज एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले भावना के.सीलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो। नव–निर्वाचित अध्यक्ष के.सीले पतञ्जलि योग अभियानले आफूलाई दिएको ज्ञान, अनुभव र अवसरलाई स्मरण गर्दै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताइन् । उनले कञ्चनपुरलाई ‘झन् योगमय’ जिल्ला बनाउन सबै साधक–साधिकाको साथ आवश्यक पर्नेमा जोड दिइन्।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा लक्ष्मी देवी अवस्थी, उपाध्यक्षमा लक्ष्मी देवी जोशी महासचिवमा गोबिन्दी बम, सचिवमा एञ्जिला सिह, संगठन सचिव सिमा बोहरा, कोषाध्यक्ष इन्द्रा चटौत, मिडिया प्रभारीमा साधना भट्ट, सल्लाहकारमा नारा देवी जोशी, विजया अवस्थी, कमला पाण्डेय र सदस्यहरुमा विनिता चन्द, खगेश्वरी भट्ट, सोनी देवल, इन्द्रा बोहरा, जेनिशा पाण्डेय, इन्दु सिह, तारा चन्द, धौली जोशी, थानेश्वरी भट्ट, देवकी भट्ट, हर्सा भण्डारी, कस्तुरा महरा, सुभद्रा भण्डारी, चन्द्रा अवस्थी, चयन भएका छन् ।

‘गरौ योग, रहौं निरोग’ भन्ने मुल मन्त्र बोकेको पंतजलि योग समितिले सबै उमेरका मानिसहरु स्वास्थ्य रहनु भन्ने धेयले निःशुल्क योग प्रशिक्षक बनाई टोल टोलमा योग, साधनाको कक्षा सञ्चालन गर्दै आएको छ ।

महिला पतंजति योग समिति कञ्चनपुरको अध्यक्ष कमला पाण्डेयको सभापतित्व प्रमुख अतिथी केन्द्रीय अध्यक्ष पूज्य साध्वी देवादितिको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अतिथीमा सध्वी देब बिजया, पतंञ्जलि योग समितिका जिल्ला अध्यक्ष दयाकृष्ण जोशी, लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कञ्चनपुरका योग साधकहरुले आज भएको नव गठित कार्य समितीलाई बधाई एबम शुभ कामनाका दिदैं आगामी दिनमा कञ्चनपुरलाई झन् योगमय बनाउने आशा लिएकोे बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img