खडक बहादुर काेलि/ कञ्चनपुर : अमेरिकामा कार्यरत एक युवकले विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेशनरी समान वितरणको लागि आर्थिक सहयोग गरेका छन्। भीमदत्त नगरपालिका १२ नम्बर वडाका स्थानीय पुष्प राज भट्टले अमेरिकाबाट पूर्णा मावि बाँसखेडा ऐरीका कक्षा १ देखि ३ सम्मका ६५ जना विद्यार्थीहरूलाई स्वीटर ,जुत्ता, मोजा ,टोपी, कापी लगायतका स्टेशनरी सामान वितरण गरिएको पूर्णामावि ऐरीका सूचना अधिकारी भरत बहादुर चन्दले जानकारी दिएका छन्।

अमेरिकामा रहेका भट्टले आफ्ना साथीद्वारा सामान किनेर हामिलाई पठायाे उक्त कपडा तथा स्टेशनरी समान हामिले विद्यालयमा एक कार्यक्रमका साथ मंसिर १९ गते वितरण गरिएको विद्यालयका प्राधानाध्यापक खेम राज बोगटीले बताए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन बहादुर सिंह क्षेत्रीले आफू अमेरिकामा रहेपनि आफू स्थानीय र स्थानीय स्कुलकोमा नै सहयोग गरेकोले भट्टको प्रशंसा गरेका छन्।

बढ्दै गएको चिसोमा आफ्ना बालबालिकाले न्यानो कपडा र स्टेशनरी सामान उपलब्ध गराएकोले अभिभावक र विद्यालय परिवारले प्रशंसा गर्दै उहाँको अमेरिका बसाई सुखद रहोस् भनेर धन्यवाद दिएका छन भने अझै विद्यालयमा सहयोगको अपेक्षा समेत राखेका छन्।







