कञ्चनपुर : आफन्त नाता पर्ने भाईको मलामी गएका कञ्चनपुरका एक युवक महाकाली नदीमा वेपत्ता भएका छन । भीमदत्त नगरपालिका ३ तिलकपुरका २८ बर्षिया सनी भनिने गगने दमाई वेपत्ता भएका हुन । भाई नाता पर्ने स्व.अभिषेक दमाईको अन्त्येष्टी(मलामी) गएका दमाई नुहाउने क्रममा नदीमा वेपत्ता भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले मलामीबाट घर फर्किदा नुहाउने क्रममा सनी वेपत्ता भएको बताए । सनी भीनपा ११भुजेला घाट क्षेत्रबाट वेपत्ता भएका हुन । सनीकोे खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका सुरक्षा निकायदेखि स्थानीय खोजीमा खटिएका छन । यस अघि ९ मंसिर ०८२ मा नुहाउने क्रममा महाकालीमै वेपत्ता भएका अर्का युवकको शव फेला परेको छ । भीनपा १२ऐरी क्षेत्रबाट वेपत्ता भएका ऐरीओदालीकै २३बर्षिया रोशन दमाईको शव डुबेको स्थानदेखि दक्षिण दोधाराचाँदनी नपा ४ मालिका सामुदायिक वन क्षेत्र फेला परेको थियो ।

हिउँदमै महाकालीमा डुबेर १२ दिनको अवधिमा दुई जनाको ज्यान गएको छ । महाकाली नदीमा अन्त्येष्टी गर्न ल्याएका अभिषेक, वेपत्ता भएका सनी र यस अघि वेपत्ता भएका रोशन दमाईको घरमा बज्रपात मच्चिएको छ । अकालमै युवाहरुले ज्यान गुमाएपछि दमाई त्रय परिवार शोकमा डुबेका छन । नदी नुहाउनेदेखिका सचेत हुन भीमदत्त नगरपालिकाले नागरिकमा आब्हान गरेको छ । भीमदत्त नगरपालिका विपद शाखा सम्र्पक व्यक्ति मनोज भट्टले नदीमा नुहाउनेदेखि सचेत हुन आब्हान गरेको बताए ।







