दोधारा । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडाहरुमा पक्की सडक निमार्णको लागी सर्वे सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सम्मलित शुदुरपश्चिम प्रदेश सरकार शहरी बिकास तथा भवन कार्यालयको प्राविधिक टोलीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७, ८ र वडामा पक्की सडक निमार्णको लागी सर्वे सुरु गरिएको हो ।

शुदुरपश्चिम प्रदेश सरकार शहरी बिकास तथा भवन कार्यालयको योजना अनुसार दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरमा रु. ५० लाख बराबरको पक्की सडक निमार्ण, वडा नं. ९ को बडुवाल टोलमा रु. २० लाखको पक्की सडक, वडा नं. ९ को शान्ती टोलमा रु. २५ लाख पक्की सडक र वडा नं. ७ को लक्ष्मी चौराह नजिक पक्की सडक र चक्की बजार नजिक मोहन रानाको घर नजिक सडकमा वाल गरि रु. २५ लाख बराबरको निमार्ण कार्यको सर्वे सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

सर्वे गरिएको सडकहरुमा चाडै निमार्ण कार्य अघि बढाईने भएको मेयर किशोर कुमार लिम्बुले बताउनुभयो । अन्य वडाहरुमा समेत पक्की सडक निमार्णको लागी सर्वे गरिने योजना रहेको उहाँले बताउनुभयो ।







