दोधारा । कञ्चनपुरस्थित माइती नेपालले एचआईभी एड्सको संक्रमणका कारण निधन भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ । ३८औं विश्व एड्स दिवसको अवसर पारेर सोमबार दोधारा चाँदनी नगरपालिका–४ स्थित झुलुङ्गे पुलमा माइती नेपाल कञ्चनपुरले श्रद्धाञ्जली कार्यक्रमका रुपमा दिप प्रज्वलन गरेको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले एड्सका कारण ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम आयोजना गरिएको बताए । उनले एड्स रोगीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको उल्लेख गरिन् ।

उनका अनुसार माइती नेपालले एचआईभी एड्स नियन्त्रण तथा रोकथामका लागि निरन्तर सचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । “एचआईभी एड्स सम्बन्धी सही जानकारीको प्रचार–प्रसार र संक्रमित व्यक्ति प्रति सम्मानजनक व्यवहार अत्यावश्यक छ,” उनले भनिन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिध, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।







