पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाको आयोजना र बिभिन्न संघ–संस्थाको सहयोग तथा सहकार्यमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत लैगिंक हिंसा बिरुद्ध जनचेतनामूलक सडक नटक प्रदर्शन गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ९ कालिका हाँट बजारमा दोधारा चाँदनी नगरपालिका र बिभिन्न संघ–संस्थाहरुको सहयोग र सहकार्यमा जनचेतनामुलक सडक नाटक र नृत्य प्रस्तुत गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले बताउनुभएको छ् । ‘प्रविधीको सही प्रयोग गरौं : लैगिंक हिंसा अन्त्य गरौं’ मुल नाराका साथ बाल विवाह, विपद्, घरेलु हिंसा र दाईजो प्रथा विरुद्ध बाल अधिकार चेतना समूहले जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले बताउनुभयो ।


लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन दोधारा चाँदनी नगरपालिका कार्यालयमा रक्त दान सहित विभिन्न जनचेतनामुलक सांस्कृतीक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरिएको उहाँले बताउनुभएको छ् । सडक नाटक समय सान्दर्भिक र समाजको यथार्थ चित्रण गरेकाले सडक नाटक र नृत्यले दिन खोजेको सन्देश सबैले आत्मसाथ गरी आ–आफ्नो घर परिवार तथा समाजमा लागु गर्न आवश्यक भएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका नगर संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । जनचेतनामुलक सन्देश नाटकले बालविवाह, लैङ्गिक हिंसा र दाईजो प्रथाको न्युनीकरण र विपद् व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।


सडक नाटकमा लैङ्गिक हिंसा समाजमा पारेको नकारात्मक असरको चित्रण गर्दै महिलाले भोग्नु परेको पीडा अनुभव गराउदै न्यायिक अधिकार खोज्नका लागि महिलाले सम्बन्धित निकाय सम्म पुग्नु पर्ने सन्देश समेत उक्त सडक नाटकले दिएको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका नगर संयोजक दुर्गा बडुवालले बताउनुभएको छ् । सडक नाटक हेर्न उपस्थितहरुले समाजको वास्तविकता नाटकबाट प्रस्तुत गरिएको र यस्ता सचेतनामूलक कार्यक्रमहरुले लैङ्गिक हिंसा न्यूनिकरणमा सहयोग पुर्याउने बताएका छन् ।

महिला माथि भईरहेको हिंसा तथा विभेदको अन्त्यका लागि समाजका सबै पक्ष एकजुट हुनुपर्ने कार्यक्रममा बताईएको छ् । महिला हिंसा, बालविवाह न्युनिकरण, विभेद आदी विषय समेटिएको सन्देशमुलक नाटक तथा नृत्य स्थानीय कलाकारहरुले तयार गरी प्रदर्शन गरेका थिए ।






