बजेट अभावले महेन्द्रनगरको सेल्टर हाउस संचालनमा कठिनाई

कञ्चनपुर :  लैङ्गिक हिन्सापीडित महिला, बालबालिकाहरुको सुरक्षाका लागि कञ्चनपुरको महेन्द्रनगरमा संचालन गरिएको सेल्टर हाउस बजेट अभावले समस्यामा परेको सरोकारवालाले बताएका छन । साथी संस्थाले भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगरमा संचालन गरेको सेल्टर हाउस बजेट अभावले संचालनमा समस्या आएको सरोकारवालाले बताएका हुन । सोमबार साथी संस्था सेल्टर व्यवस्थापन समितिको बैठकमा साथी संस्था कञ्चनपुरकी इन्चार्ज उर्मिला शाहीले पछिल्ला तीन महिनाको प्रगति विवरण प्रस्तुत गर्दै बजेट अभावले सेल्टर हाउस संचालनमा समस्या आएको बताईन ।

उनले विगतमा दातृ संस्थाबाट सेल्टर हाउस संचालनमा वित्तिय सहयोग हुँदै आएको र अहिले बजेट घट्दै आएपछि व्यवस्थापनमा जटिलता आएको बताए । ‘यो सेल्टर हाउसमा कञ्चनपुर सहित सुप प्रदेशका जिल्लादेखि अन्य जिल्लाका पनि लैङ्गिक हिन्सापीडित महिला आउने गरेका छन, ‘उनले भनिन, ‘संख्या बढी हुने बजेट कम हुने भएकाले पनि समस्या आउने गरेको छ ।’ हाल ३३ महिला, ७ बालबालिका रहेका छन । उनीहरुलाई विभिन्न सीपमुलक तालिम सिलाईकटाईन, फाष्टफुड तालिम, ब्युर्टीपार्लर तालिम दिएको बताए । ‘हामीले हिन्सापीडित, प्रभावितहरुलाई ६ महिना मात्रै राख्छौँ, ‘उनले भनिन, ‘त्यसपछि समाजमा पुर्नस्थापना हुन्छन ।’ अहिले एक महिला सहित उनीमाथि आश्रित ३बालबालिका र २बालबालिकालाई साथी संस्थामै पुस्र्थनापना गरिएको बताईन ।

उक्त अवधिमा बस्ने महिलाहरुले विभिन्न बस्तु तथा सेवा उत्पादन गरेर बिक्रि वितरण गर्दै आएको बताईन । बजेट माग्न जिल्लाका पालिकाहरुमा धाउदा धाउँदै हैरान भएको उनको दुखेसो छ । महिला अगु्वा भगवती थापाले स्थायी प्रकृतिको कोष नै बनाएर लैङ्गिक हिन्सामा परेका महिलाको उद्दार गर्नुपर्ने सुझाव दिएकी छिन । त्यसका लागि तीनै तहका सरकारले योजना बनाएर बजेट दिनुपर्ने बताईन । अर्की महिला अगुवा जानकी चन्दले जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको सुरक्षित आवासलाई थप बलियो बनाउन सम्बन्धीत पालिका सरकार पनि जिम्मेबार हुनुपर्ने बताईन । निड्स नेपालका हरईम्पावर कार्यक्रमका संयोजक नविन भट्टले हिन्सामा परेका महिलाको सम्बन्धीत पालिका थप जिम्मेबार बन्नुपर्ने बताए । भीमदत्त नगरपालिका महिला तथा बालबालिका शाखाकी कलावती कुँवरले माग गरिएको बजेट बारे पालिकासंग माग्ने बताईन ।

महाकाली अस्पताल एकद्धार संकटन व्यवस्थापन केन्द्र(ओसिएमसी)की सम्पर्क व्यक्ति नसिङ्ग भावना शर्माले चालु आर्थिक बर्षको हालसम्म डेढसय लैङ्गिक हिन्सामा परेका महिलाको निःशुल्क उपचार गरेको बताईन । साथी संस्थाकी कार्यक्रम संयोजक पलिता थापाले सेल्टर हाउस संचालनका लागि सरकारी तहसमेत जिम्मेबार बन्नुपर्ने जोडदिईन । उनले दिर्घकालिन रुपमा संचालनमा लागि दातृ निकायको बजेटमा भरपर्नु भन्दा पनि स्थानीय तहले नै स्वामित्व ग्रहण गर्नुपर्ने बताईन । साथीसंस्था सेल्टर व्यवस्थापन समितिकी अध्यक्ष नारा जोशीले हिन्सामा परेका महिलाको सम्वेदनशिलता बुझेर पनि पालिकादेखिका सबै सरकारी निकायले आवश्यक सक्दो बजेट दिनुपर्ने आग्रह गरेकी छिन । उनले लामो समयदेखि हिन्सामा परेका महिलाको उद्दार गर्दै उनीहरुलाई तालिम लिएर आत्मनिर्भर बनाउने काममा संस्थाले भूमिका निर्वाह गरेको भन्दै सेल्टर संचालनका लागि चाहिले आवश्यक बजेट दिनुपर्ने आग्रह गरेकी हुन ।

ताजा समाचार

spot_img