नेकपा एमाले कञ्चनपुरद्धारा ११ औ महाधिबेसनका लागि प्रतिनिधि छनौट

महेन्द्रनगर–नेकपा एमालेको ११औ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । एमाले कञ्चनपुरले निर्वाचन क्षेत्रनुसार प्रतिनिधि छनौटमा विभिन्न पद्धति अपनाएको छ । निर्वाचन क्षेत्र ३ र १ मा निर्वाचनबाट प्रतिनिधि छनौट गरीएको छ भने निर्वाचन क्षेत्र नं. २ मा सर्वसहमतिमा प्रतिनिधि छनौट गरीएको नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।

निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फ पल्लवराज भट्ट, विर बहादुर थापा निर्वाचनमार्फत प्रतिनिधि छनौट भएका छन् । उनीहरुले क्रमस ः ४९८ मत र ६३९ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला तर्फ कमला चौधरी र कल्पना गिरी क्रमस ५१७, ५१४ मत प्राप्त गरी प्रतिनिधि छनौट भएका छन् । शनिबार प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा कुल एक हजार ६० मत खसेको थियो ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर दुईमा भने पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छनोट गरिएको उपाध्यक्ष अवस्थीले बताए । उनका अनुसार खुलातर्फ शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख समेत रहेका रणबहादुर महरा र वचन बहादुर सिंह सर्वसम्मत छनोट भएका छन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी एवं युवाबाट प्रविन बोगटी सर्वसम्मत चयन गरीएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि छनौटका लागि खुला, महिला र दलित कलस्टरका लागि निर्वाचन भएको छ । यस क्षेत्रबाट खुला तर्फ डा दिपक प्रकाश भट्ट र जनकराज अवस्थी क्रमसः ५६७, ३३७ मत प्राप्त गरी प्रतिनिधि छनौट भएका छन् । अन्य महेश राज पन्तले ३०७ मत र विष्णु कणेँलले २९५ मत प्राप्त गरे ।

त्यसैगरी दलित कलष्टरबाट प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । निर्वाचनबाट आरपी सार्की १७२ मत सहित प्रचिनिधि चयन गरीएको छ ।यसैगरी, युवा तर्फ ३५१ मतसहित ओम बस्नेत महाधिबेसन प्रतिनिधि चयन भएका छन् । बस्नेतका प्रतिस्पर्धि नरेन्द्र कार्कीले २५८ र केशव चन्दले १६४ मत प्राप्त गरे । नेकपा एमालेको ११औ महाधिबेसन यही मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । त्यसका लागि देशैभरीबाट महाधिबेसन प्रतिनिधि चयन भएका छन् । प्रतिधिधि छनौट गर्दा कहि सर्वसम्मत त कहि निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् ।

ताजा समाचार

spot_img