एमाले कञ्चनपुरका नेता राम नाथ सहितका नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पाटीमा प्रवेस


कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरका युवा नेता एव तत्तकालिन भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथ सहितका एमाले, काँग्रेस, राप्रपा, रास्वपाका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रवेस गरेका छन । शुक्रबार धनगढीमा नेकपाको सुदूरपश्चिम प्रदेशस्तरिय एकता सभा कार्यक्रममा एमाले कञ्चनपुरका युवा नेता एव तत्तकालिन भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथ सहितका एमाले, काँग्रेस, राप्रपा, रास्वपाका नेता कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पाटीमा प्रवेस गरेका हुन ।

नेकपा कञ्चनपुरका युवा नेता हरिस सिह ऐरीले एमालेका नेता नाथ सहित थुप्रै एमाले, काँग्रेस, रास्वपा, राप्रपा सहितका नेता कार्यकर्ताहरुले एमाले प्रवेस गरेको बताए । उनीहरुलाई नेकपा संयोजक पुष्पकमल दाहाल(प्रचण्ड), सहसंयोजक माधव कुमार नेपाल, भानुभक्त जोशी,भीम रावल, खगराज भट्ट, गिरीराजमणी पोखरेल सहितका नेताहरुले टिका लगाएर पाटीमा स्वागत गरेका छन ।

कञ्चनपुर सहित कैलाली, पहाडी जिल्लाका विभिन्न दलका नेता कार्यकर्ताहरु नेकपामा प्रवेस गरेका छन । एमाले जिल्ला सदस्य समेत रहेका पुर्व वडाध्यक्ष राम नाथ सहितका एमाले नेता कार्यकर्ताहरुले एमाले कम्युनिष्ट भन्दा पाटी अध्यक्ष केपी शर्मा ओली(बा) बाद हावि भएकाले सच्चा कम्युनिष्ट नेता कार्यकर्ताहरुको भलो नहुने भन्दै नेकपामा प्रवेस गरेको जनाएका छन । पाटी प्रवेस गरेका नाथ सहितलाई उचित जिम्मेबारी दिने जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img