रेडियन्ट माध्यमिक विद्यालयमा गणित क्विज सम्पन्न


कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरमा अवस्थित रेडियन्ट माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित ९म्याथम्याटिक्स० क्विज प्रतियोगिता सम्पन्न गरिएको छ। प्रतियोगिता माध्यमिक तथा निम्न माध्यमिक गरी दुई तहमा विभाजन गरी सञ्चालन गरिएको थियो।

माध्यमिक तहअन्तर्गत भएको प्रतियोगितामा रेड हाउस प्रथम, ग्रिन हाउस द्वितीय, यलो हाउस तृतीय तथा ब्लु हाउसले चौथो स्थान हासिल गरेका छन्। त्यस्तै निम्न माध्यमिक तहको प्रतियोगितामा रेड हाउस प्रथम, यलो हाउस द्वितीय, ग्रिन हाउस तृतीय तथा ब्लु हाउस चतुर्थ बनेका छन्।

कार्यक्रमका सहभागी विद्यार्थीहरूले गणितका विभिन्न विषय सम्बन्धी प्रश्नहरूको उत्तर दिएका थिए। प्रतियोगिताको सञ्चालन विद्यालयका गणित शिक्षक लोकेन्द्र भट्टले गर्नु भएको थियो। नियमित पाठ्यक्रम सँगै विद्यार्थीहरूको सिकाइ क्षमता वृद्धि गर्न र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले क्विज प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले जानकारी दिनुभयो।


Loading Viewer...

ताजा समाचार

spot_img