कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरमा अवस्थित रेडियन्ट माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित (म्याथम्याटिक्स) क्विज प्रतियोगिता सम्पन्न गरिएको छ। प्रतियोगिता माध्यमिक तथा निम्न माध्यमिक गरी दुई तहमा विभाजन गरी सञ्चालन गरिएको थियो।
माध्यमिक तहअन्तर्गत भएको प्रतियोगितामा रेड हाउस प्रथम, ग्रिन हाउस द्वितीय, यलो हाउस तृतीय तथा ब्लु हाउसले चौथो स्थान हासिल गरेका छन्। त्यस्तै निम्न माध्यमिक तहको प्रतियोगितामा रेड हाउस प्रथम, यलो हाउस द्वितीय, ग्रिन हाउस तृतीय तथा ब्लु हाउस चतुर्थ बनेका छन्।







