कञ्चनपुर : आज कैलालीको धनगढीमा नेपाली कम्युनिष्ट पाटी(नेकपा)को सुदूपश्चिम प्रदेश स्तरिय एकता सन्देश सभा हुन लागेको छ । पाटी केन्द्रको योजना अनुरुप शुक्रबार १३मंसिर धनगढीमा नेकपाको एकता सन्देश सभा हुन लागेको हो । उक्त सन्देश सभाको तयारी पुरा भएको नेकपा सुदूरपश्चिमले जनाएको छ । एकता सन्देश सभाको नेकपा नेता भीम रावलले कमाण्ड सम्हालेका छन ।

नेकपा केन्द्रीय सयोजक, सहसंयोजक एव पुर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल(प्रचण्ड), माधव कुमार नेपाल सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका ९ वटैजिल्लाहरुबाट नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागि हुने जनाएको छ । बिहान ¥याली सहित सभामा परिणत हुने एकता सभामा जिल्ला, जिल्लाहरुबाट नेता कार्यकर्ताहरु धनगढी सहभागि हुनेछन ।

नेकपा सुदूरपश्चिम प्रदेशका नेता जनक बुढाले एकता सन्देश सभा तयारी पुरा भएको बताए । उनले वडातहदेखि नै जनसहभागिता हुने बताए । धनगढी चौराहदेखि ¥याली सहित कभर्डहलमा सभामा परिणत हुनेछ । नेकपालाई प्रदेशमै नम्बर १ पाटी बनाउने योजनाका साथ अघि बढने नेता बुढाले दावि गरेका छन । प्रदेश एकता सभासंगै क्रमिक रुपमा जिल्ला, पालिका स्तरमा समेत एकता सभा गर्ने तयारी रहेको छ ।







