सशस्त्र प्रहरीद्वारा गड्डाचाैकी सिमामा हुने अपराध नियन्त्रणका लागि अन्तरक्रिया

रमेश प्रसाद भट्ट/महेन्द्रनगर– नेपाल सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचाैकि कञ्चनपुरकाे आयाेजनामा सिमा सुरक्षा, अन्तरास्ट्रिय अपराध, अबैध चाेरी पैठारी, निकासी राेकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । मंगलबार गड्डाचाैकि भन्सार कार्यालयमा गरिएकाे कार्यक्रममा सिमा नाका क्षेत्रमा हुन सक्ने विभिन्न खालका अपराधिक कृयाकलाप न्युनिकरणका लागि सराेकारहरूकाे उपस्थितमा अन्तरकृया कार्यक्रम गरिकाे हाे ।

कार्यक्रममा सहभागिहरूले गड्डाचाैकि सिमा क्षेत्रलाई थप सुरक्षित, व्यवस्थापन र चुस्त दुरूस्त बनाएर अपराधिक कृयाकलापहरूलाई नियन्त्रण गर्न, सबै निकायहरू विच आपसी अमन्वय र सुचना आदान प्रदानलाई प्रभावकारी बनाउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे गुल्म पति सशस्त्र प्रहरी नायव उपरिक्षक जनक राज उपाध्यायले बताउनु भयाे ।

कार्यक्रम कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जाेशीले देशकाे आर्थिक वृद्वि गर्न र सिमा क्षेत्रमा हुने भन्सार चाेरी पैठारी नियन्त्रणमा आफ्नाे सहयाेग रहेकाे बताउनु भयाे ।कञ्चनपुर भन्सार कार्यालय गड्डाचाैकिका भन्सार अधिकृत चक्र देव भट्टले भन्सार कार्यालयले राजस्व संकलनमा प्रभावकारी ढंगले काम गरिरहेकाे बताउनु भयाे । उनले भने “सुरक्षाकर्मी, व्सयापारी र राेकारवाला सबैकाे सहयाेगले भन्सार चाेरी तस्करी नियन्त्रणमा सघाउन सके मात्र भन्सार चाेरी तस्करी नियन्त्रणमा सहयाेग पुग्ने बताए ।”

कार्यक्रममा विभिन्न सराेकारवाला नियकायका प्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिध, लगायतले कार्यक्रममा सिमा क्षेत्रमा थप व्यवस्थापन र कार्यालयले गर्ने काममा सहयाेग गर्ने धारणा व्यक्त गरेका थिए ।

ताजा समाचार

spot_img