कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्तीको आक्र्रमण रोकिएको छैन । निरन्तर मानिसदेखि अन्न भौतिक अन्नबालीमा क्षति पु¥याईरहेको छ । महिनै पिच्छे मानिसको ज्यान लिन थालेको छ । जंगली हात्तीको आक्र्रमणमा परेर फेरी कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । गयराती जंगली हात्तीको आक्र्रमणमा परेर भीमदत्त नगरपालिका १४ बनकट्टीकी ४५ बर्षिया धना विष्टको निधन भएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले निकुञ्जको जंगल नजिकै रहेको विष्टको घरमा हात्ती पुग्दा भाग्ने क्रममा धनामाथी आक्र्रमण गरेर घाईते बनाएको बताए । हात्तीको आक्र्रमणबाट घाईते धनाको उपचारका क्रममा महाकाली अस्पतालमा निधन भएको प्रवक्ता बोहराले बताए ।

‘घरमा श्रीमान नन्दलाल विष्ट र श्रीमती धना विष्ट दुवै जना सुतेका रहेछन, त्यही बेला हात्तीको बथानले विष्टको कच्ची घर भत्काउन थाल्यो, उनीहरु भाग्ने क्रममा श्रीमान भागेर बाँचे, श्रीमती धनामाथि आक्र्रमण गरेर घाईते बनायो ।’ मृतक विष्टका दुई सन्तान छन । स्थानीयले यसरी मानिसमाथि जनावरको आक्र्रमण गरेपनि निकुञ्जले उद्घारका लागि टोली नपठाएको गुनासो पोखेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथानले जिल्लाभरी आक्र्रान्त बनाईरहेको छ । हात्तीले धनाको ज्यान लिएपछि भीमदत्त नगरकी उपमेयर निलम लेखकले पीडित परिवार भेटेर पालिकाबाट सान्त्वना सहित राहत सहयोग गर्ने आश्वासन दिएकी छिन ।

गत कार्तिक पहिलो साता जंगली हात्तीको बथानले बेलौरी नगरपालिका बुटाबारीका स्थानीय बृद्घ श्रीप्रशाद आचार्यको निधन भएको थियो । महिनैपिच्छे कञ्चनपुरमा हात्तीले एक÷एक मानिसको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका छन । पछिल्ला बर्षहरुमा जंगली हात्तीको बथानले जिल्लामा मानविय, भौतिकदेखि अन्नबालीमा क्षति पु¥याउँदा समेत न्यूनिकरणका लागि दीगो प्रभावकारी कार्यक्तम योजना ल्याउन सकेका छैनन । केबल योजनाका लागि, योजना, कार्यक्रमका लागि कार्यक्तमदेखि सरकार र विदेशीले पठाउने डलर मात्रै सिध्याउने काम गरेको नागरिकको दुखेसो छ । नागरिकले दिर्घकालिन हात्ती, बाघ सहितका जनावर नियन्त्रणको माग अघि सारेका छन ।







