दोधारा चाँदनीमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन रक्त दान तथा सांस्कृतिक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘प्रविधीको सही प्रयोग गरौं : लैगिंक हिंसा अन्त्य गरौं’ नारा सहित महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन रक्त दान सहित विभिन्न जनचेतनामुलक सांस्कृतीक कार्यक्रम आयोजना गरी मनाईएको छ । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन रक्त दान सहित विभिन्न जनचेतनामुलक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा जनचेतनामुलक सांस्कतीक नाटक, रक्त दान, बक्तृत्वकला प्रतियोगिता, लगाएत दिप प्रज्वलन कार्यक्रम गरि मनाईने कार्यक्रम रहेको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा रक्त दान सहित सास्कृतिक कार्यक्रम गरि महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले पानसमा दियो बालेर उद्धघाटन गर्नुभएको रक्त दान तथा जनचेतनामुलक सांस्कृती कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान), शान्ती पुनरस्थापना गृह लगाएत संस्थाहरुले सघाएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्तले बताउनुभयो ।

कार्यक्रममा बक्ताहरुले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै सचेत ढंगले यो अभियान चलाउनु पर्ने बताएका छन् । उनीहरुले महिला भएकै कारण समाजमा हिंसा सहनु पर्ने बताएका छन् । साथै, बक्ताहरुले महिला हिंसाको अधिकांश घट्ना घर भित्रबाटै हुने गरेको दावी गरेका छन् । कार्यक्रममा रक्त दाताहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ् ।

हरेक वर्षको नोभेम्वर २५ देखी डिसेम्भर १० सम्म आयोजना हुने लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा यो वर्षको राष्ट्रिय नारा भने प‘प्रविधीको सही प्रयोग गरौं : लैगिंक हिंसा अन्त्य गरौं’ भन्ने रहेको छ् ।

ताजा समाचार

spot_img