मेयर लिम्बुले गरे शान्ती टोलमा ‘सुरक्षित आवास’ को शिल्यान्यास, ३७ घरधुरी बाढीबाट सुरक्षित

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको शान्ती टोलमा बाढीबाट मानविय र धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थलको शिल्यान्यास गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोलमा वर्षायाममा बाढीबाट मानविय तथा धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा रु. २९ लाखको लागतमा बाढीबाट मानविय र धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण सुरु गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

जगबुडा नदीको पानी ओभरफ्लो भएर शान्ती टोल आसपास बस्तीमा पस्ने र वर्षायामको नदीको पानीले स्थानियबासीहरुको घर डुवान संगै आश्रय स्थलको लागी अन्यत्र जानु पर्ने अवस्थालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय, वडा कार्यालय र स्थानियबासीहरु संग सहकार्य गरि सुरक्षित आश्रय स्थल निमार्ण सुरु गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो ।

वर्षेनी वर्षायाममा जगबुडा नदीको पानी बस्तीमा पसेर त्रासद्धि मच्चाउदै आएको र नदीको भंगालो बस्तीमा पस्दा स्थानियबासीहरुलाई उद्धार गर्नु पर्ने समस्या हल हुने भएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो ।

३७ घरधुरी रहेको शान्ती टोलमा निड्स नेपाल कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा निमार्ण सुरु गरिएको सुरक्षित आश्रय स्थल निमार्ण कार्य ३ महिनामा सम्पन्न हुने बताईएको छ् । शान्ती टोलमा सुरक्षित आश्रय स्थल निमार्ण सुरु भए संग स्थानियबासीहरुले खुशी ब्यक्त गरेका छन् ।

यस अघि बाढी ग्रस्त क्षेत्र दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा दोधारा चाँदनी नगरपालिका, नेपाली सेना, बिभिन्न संघ–संस्थाहरुले बाढीबाट स्थानियबासीहरुको धनमाल जोगाउन २ वटा सुरक्षित आवास निमार्ण गरिसकेका छन् ।

 

ताजा समाचार

spot_img