मंसिर १२मा नेपाली कम्युनिष्ट पाटीको सुदूरपश्चिम प्रदेश स्तरिय एकता सन्देश सभा

कञ्चनपुर : नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेश स्तरिय एकता सन्देश सभा गर्ने भएको छ । पाटी केन्द्रको योजना अनुरुप नेकपाले प्रदेश स्तरिय एकता सन्देश सभा गर्न लागेको हो । सभाको तयारीका लागि नेता डा. भीम रावलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ। सभा भव्य र प्रभावकारी बनाउन १३ वटा उपसमिति बनाइएर तयारीका काम तीव्र रूपमा अघि बढाइएका रावलले बताए ।

रावलका अनुसार देशभरि एकताको सन्देश र उत्साह फैलिने गरी सभा आयोजना गरिनेछ। सभाको पूर्वतयारी अन्तर्गत नेपाली कम्युनिष्ट पार्टीले शनिबार धनगढीमा तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत एकतामा आएका घटकका प्रदेशस्तरीय पदाधिकारी, जनप्रतिनिधि तथा अग्रज नेताकर्मीसँग विस्तृत छलफल गरेको थियो। नेकपा नेता खगराज भट्टले एकता सभाको तयारी तिव्र रुपमा अघि बढेको बताए ।

उनले प्रदेशस्तरीय एकता सभापछि जिल्लादेखि पालिका तहसम्म क्रमिक रूपमा एकतासभा सञ्चालन गरिने बताए । धनगढीमा मंसिर १२ गते आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन । प्रदेशभरीका नेता कार्यकर्ताहरु सहभागि हुने भएका छन । आउँदो शुक्रबार हुने एकता सभा पुर्व धनगढी बजारमा समेत बृहद ¥याली समेत निकालिने भएको छ ।

ताजा समाचार

spot_img