जिल्ला र उच्च बार एसोसिएसनद्वारा पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि खर्च

कञ्चनपुर : कञ्चनपुरका कानुन व्यवसायी(अधिवक्ता)हरुले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश धामीलाई उपचार खर्च सहयोग गरेका छन । प्रणाघातक क्यान्सर रोगबाट भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थ नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुुरेश सिह धामीलाई जिल्लाका अधिवक्ताहरुले समेत उपचार खर्च सहयोग गरेका हुन । आइतबार अधिवक्ताहरुको साझा संस्था उच्च बार एशोसिएसन र जिल्ला अदालत बार एसोसिएसनका पदाधिकारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।

उच्च बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष भुपेन्द्र सिह विष्ट, निर्वतमान अध्यक्ष यज्ञराज जोशी, नेपाल बार काउन्सिल निर्वतमान पार्षद प्रकास बहादुर पाण्डेय, जिल्ला बार इकाई अध्यक्ष नरेन्द्र बहादुर सिहले नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया, सचिव कुण्दन पाण्डेयलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

उच्च बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष भुपेन्द्र सिह विष्टले समाजिक क्षेत्रमा खटिने पत्रकार धामीको उपचारका लागि जिल्ला र उच्च बारबाट संकलित नगद ३०हजार औषधी खरिदका लागि मानविय सहयोग गरेको बताए । जिल्ला र उच्च बारबाट नगद हस्तान्तरण गरिएको रकम अध्यक्ष धामीकै खातामा दाखिला गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्ला अध्यक्ष धामीको उपचारका लागि सहयोगका लागि अपिल गर्दै आएको छ ।

ताजा समाचार

spot_img