सवारी चेकजाँच गर्दा ट्राफिक प्रहरीको फन्दामा लागु औषध सेवन गर्ने चालक

कञ्चनपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभरी सवारी दुर्घटना न्यूनिकरणका लागि नियमितदेखि सर्पराईज चेकजाँच बढाएको छ । ट्राफिक प्रहरी जिल्लाको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक बलेन्द्र नाथ कञ्चनपुर आएपछि उनले जिल्लादेखि ईप्रका, चौकी प्रहरीसंग समन्वय गरेर सवारी चाप हुने क्षेत्र सहित भिडभाँड हुने स्थानमा चेकजाँच बढाएका छन । ट्राफिक जाँचकै सिलसिलामा बेदकोट नगरपालिका–१०, सिसैया स्थित तीन चालक लागु औषध सेवन गरेका फेला परेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी सुडाले ५ मंसिर(शुक्रबार) सञ्चालन गरेको सवारी साधन जाँचका क्रममा तीन जना चालक लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ परेका हुन । सवारी जाँचमा महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले तीन चाकलले लागु औषध सेवन गरेको अस्पतालबाट पुष्टी भएको बताए । उनका अनुसार जाँचको क्रममा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिका–९ बस्ने ३० वर्षीय खोम बहादुर नेपाली, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ बस्ने ३१ वर्षीय हिक्मत मडै, र बेल्डाडी गाउँपालिका–२ बस्ने २० वर्षीय संजय बिष्टलाई परीक्षण गर्दा लागुऔषध सेवन गरेको पुष्टि भएकोछ । तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र आगामी कानुनी प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

यस्तो अनुगमनले सडकमा सुरक्षा सुनिश्चित गर्ने र दुर्घटनाको सम्भावना कम गर्ने विश्वास व्यक्त गरिएको छ । ट्राफिक प्रहरीले राज्यले दिएको म्याण्डेड अनुरुप सचेतना, दण्डका कार्यक्रम संचालन गरेर सवारी दुर्घटना न्यूनिकरण गर्दै अकालमै मानिसको ज्यान जाने, अङगभङ हुनेदेखि भौतिक क्षति रोक्ने प्रयास निरन्तर हुनुपर्नेमा नागरिकको जोड रहेको छ । विगतमा चेकजाँचका नाममा अवैध कमाउने धन्दा होईन नागरिक सुरक्षा, सुशासन दण्डहिनता अन्त्यका कार्यक्रम संचालन गर्नुपर्ने नागरिकले सुझाव छ ।

ताजा समाचार

spot_img