स्व. पण्डित भानदेव भट्टको पुण्यतिथिमा वृद्ध सेवा केन्द्रमा फलफूल वितरण


कञ्चनपुर। बैतडी जिल्लाको दोगडा–केदार गाउँपालिका–४, पिपलबोट पुख्यौली भएर हाल भीमदत्त नगरपालिका–७ हल्दुखाल राममन्दिरमा बस्दै आएका भट्ट परिवारले स्व. पण्डित भानदेव भट्टको वार्षिक पुण्यतिथिको अवसरमा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेका छन्।

पुण्यतिथिको स्मृतिमा भट्ट परिवारले वेदकोट नगरपालिका–७ र ८, रौटेला गाउँस्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिमा आश्रित वृद्ध आमाबुबालाई फलफूल तथा मिष्ठान वितरण गरेका हुन्।

कार्यक्रममा स्व. भानदेव भट्टका छोरा पदमराज भट्ट, महेश दत्त भट्ट, बुहारी माया भट्ट, नाति अमित प्रसाद भट्ट, आदित्य भट्ट, आदेश भट्ट, नातिनी हेमा भट्ट, अन्जना भट्ट, सन्जना भट्ट, प्रमे बल्लभ भट्ट, मानप्रसाद भट्ट लगायत परिवारका दर्जनौं सदस्यहरूको उपस्थिति रहेको थियो।

सामाजिक कार्यमार्फत समाजमा योगदान गर्न पाउँदा आफूहरू खुशी भएको नाति अमित प्रसाद भट्टले बताए। उनले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्य निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img