पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सौर्य उर्जा सिचाई प्रणाली निमार्ण कार्य अलपत्र परेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा झण्डै ४ सय बिद्याह जग्गामा सिचाई ब्यवस्था गर्न सुरु गरिएको झण्डै एक वर्ष देखि अलपत्रमा रहेको स्थानियबासीहरुले बताएका छन् । जडान गरिएको सोर्य पाताहरु टुटफुट भए संगै सिचाईको लागी बिछ्याईएका पाईपहरुमा क्षती भएको स्थानियबासी गिता देबी बिशवकर्माले बताउनुभएको छ् । निमार्ण कार्य अलपत्र छाडेर निमार्ण कम्पनी सम्पर्क विहिन भएको उहाँले बताउनुभएको छ् ।


निमार्ण गरिएको संरचनाहरु समेत टुटफुट संगै काम नलाग्ने अवस्थामा रहेको कारण सौर्य उर्जा सिचाई प्रणालीबाट आफुहरुले खेतवारीमा सिचाई गर्ने सपना अधुरो रहेको गिता देबी बिश्वकर्माले बताउनुभएको छ् । महाकाली सिचाई तेस्रो परियोजना अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा सम्झौता गरि डियुपी निमार्ण कम्पनी काठमाण्डौंले कञ्चनभोजमा सौर्य उर्जा सिचाई प्रणालीबाट किसानहरुलाई सिचाईको ब्यवस्था गर्ने उद्धेश्य अनुसार निमार्ण कार्य सुरु गरेपनि निमार्ण कार्य पुरा गर्न नसकेर निमार्ण कम्पनी झण्डै १ वर्ष देखि सम्पर्क बिहिन भएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् ।


महाकाली सिचाई तेस्रो परियोजना संग डियुपी निमार्ण कम्पनी रु. ७ करोडमा ठेक्का सम्झौता भई निमार्ण कार्य सुरु भएपनि निमार्ण कार्य कम्पनीले निमार्ण पुरा नहुदै अलपत्र छाडेर सम्पर्क विहिन हुदा स्थानिय किसानहरु सिचाईको सुबिद्याबाट बन्चित भएको वडा सदस्य कमला उपाध्यायले बताउनुभएको छ् । जगबुडा नदीलाई पानीको श्रोत बनाएर निमार्ण कार्य अघि बढाएको सौर्य उर्जा सिचाई प्रणालीमा ३ सय धारा जडान गरिने बताईएको हो । हाल ५ वटा ईनार निमार्ण अलपत्र छाडेर निमार्ण कम्पनी सम्पर्क विहिन भएका छन् ।

खेतवारीमा सिचाईको ब्यवस्था नहुदा आफुले एक सय रुपिँया प्रति घण्टाको दरले ट्युवेलबाट सिचाई गर्दै आएको किसान सिता सुनारले बताउनुभयो । झण्डै ३ सय घरधुरीको ४ सय बिद्याह जग्गामा सिचाईको ब्यवस्था हुने गरि सौर्य उर्जा सिचाई योजना अलपत्र हुदा स्थानिय किसानहरु मारमा परेका छन् ।
कञ्चनभोज बस्तीमा झण्डै ९५ प्रतिशत बढी जनसंख्या कृषि क्षेत्रमा निर्भर रहेतापनि सिचाईकै कारण खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन नसकेको बताईएको छ् ।






