आरक्षपीडितको पुर्नस्थापना गर्न मेरो तर्फबाट सबै पहल गर्छु : कृषि मन्त्री पातल

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीले कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापना गर्ने प्रतिबद्धता जोहर गरेका छन । भूमि, व्यवस्था कृृषि तथा सहकारीमन्त्री बीर बहादुुर थापा(पातल)ले आरक्षपीडितको पुर्नस्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन । डिभिजन वन कार्यालय अगाडी सरकारी जमिन कब्जा गरेर धर्नामा बसेका आरक्षपीडितलाई भेट्दै मन्त्री थापाले पीडितको पुर्नस्थापनाका लागि पहल गर्ने बाचा गरेका हुन ।

मन्त्री थापाका स्वकीय सचिव राधाकृष्ण जोशी(ज्वाला)ले आरक्षपीडितको अग्रह अनुरुप मन्त्रीले पीडितसंग भेटघाट गरेको बताए । मन्त्री थापाले आफ्नो तर्फबाट पीडितको पुर्नस्थापनाका लागि कुनै कसरी बाँकी नराख्ने आश्वासन दिएका छन । यस अघि पनि मन्त्री थापा जनयुद्धका क्रमदेखि हालसम्मै निरन्तर आरक्षपीडितको न्यायका लागि लड्दै आएका नेता हुन । आरक्षपीडितले ०५८सालदेखि हाल०८२सम्मै राज्यबाट ठगिदै आएको र कहिलेसम्म ठगिने भन्दै प्रशन र गुनासो पोखेका थिए ।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले आरक्षपीडितमाथि अहिलेसम्म अमानविय व्यवहार भएकै कारण पुर्नस्थापना हुन नसकेको बताए । तत्तकालिन काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित गराएका पीडितको अझै पुर्नस्थपना हुन नसक्दा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन ।

ताजा समाचार

spot_img