कञ्चनपुर: कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

मंगलबार मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यालय प्रमुख(प्रबन्ध निर्देशक) सुनिल सेटीले पत्रकार महासंघ जिल्ला उपाध्यक्ष धर्मा रोकायालाई २८ हजार, ६सय ६रुपैया सहयोग हस्तान्तरण गरेका छन । मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यालय प्रमुख(प्रबन्ध निर्देशक) सुनिल सेटीले समाजिक क्षेत्रमा काम गर्दै आएका पत्रकार धामीको उपचारका लागि संस्थागत एव कर्मचारीहरुका तर्फबाट उक्त रकम सहयोग गरेको बताए ।

प्यान्क्रियाजमा समस्यद देखिएपछि धामीकोे उपचारका लागि राजिवगान्धी क्यान्सर अस्पताल दिल्ली भारतमा उपचाराथ छन । अध्यक्ष धामीको उपचारका लागि ठुलो धनराशी खर्च हुने भएकाले सहयोगका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन पाण्डेले अपिल गरेका छन ।







