दोधारा चाँदनीमा पहिलो पटक राष्ट्रिय स्तरको फुटबल रेफ्रि र कोचको तालिम हुदै

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा पहिलो पटक राष्ट्रिय स्तरको फुटबल रेफ्रि र कोचको तालिम सञ्चालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा पहिलो पटक राष्ट्रिय स्तरको फुटबल रेफ्रि र कोचको तालिम सञ्चालन हुने भएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग, एम्फाको प्राविधिक सहयोग र कञ्चनपुर जिल्ला फुटवल संघको आयोजनामा आउदो १७ गते देखि दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा राष्ट्रिय स्तरको फुटबल रेफ्रि र कोचको तालिम हुन लागेको मेयर किशोर कुमार लिम्बुले बताउनुभयो ।

फुटबल रेफ्रि र कोचको तालिम एक हप्ते आवासिय रहेको उहाँले बताउनुभएको छ् । देश भरीका झण्डी ३५ जना तालिममा सहभागिता हुने मेयर लिम्बुले बताउनुभयो ।

ताजा समाचार

spot_img