कञ्चनपुरमा पनि छठको रौनक

कञ्चनपुर : नेपाल भारतका विभिन्न हिन्दु सामुदायमा मनाउँदै आएको छठकोे पश्चिम नेपाल कञ्चनपुरमा पनि मनाईएको छ । जिल्लाको महेन्द्रनगर र बेलौरीमा छठको रौनक छाएको हो । जिल्लाको उत्तरी भेग महेन्द्रनगर र दक्षिण बेलौरीमा छठको पुजा आराधाना गरिएको छ । महेन्द्रनगरको महाकाली सिँचाईको नहर र बेलौरी स्याली घाट बेहुलुझै सजावट गरिएको छ । अस्थाउँदो सुर्यलाई अध्र्यदिन मागेर नदी, तलाउ, पोखरी किनारमा घाट बनाएर पुजा आराधाना गरिरहेका छन ।
पुर्वी तराई एव मधेशी समुदायले हरेक बर्ष मनाउँदै आएको छठ यस बर्षपनि मनाईरहेका छन ।

मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले महाकाली सिँचाई नहर किनार घाट बनाएर पुजा शुरु गरिएको बताए । उनका अनुसार घर परिवारमा सुख शान्तिदेखि सन्तानको भविष्यका लागि पर्व मनाउने प्रचलन रहेको छ ।छठ पर्व मनाएर सन्तानको महिमा बढ्ने धार्मिक मान्यता समेत रहेको उनले बताए । घरबाट पकाएर ल्याएका खाने परिकार सहित नदीमै स्नान गरेर मनाउने चलन रहेको बताए ।

मैथली समुदायका अगुवा राम लखन गुप्ताले पनि बेलौरी बैशाखा नदीमा सामुहिक छठ पर्व मनाएको बताए ।उनले सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजागर्ने भक्तजनहरुले मनोकाङक्षा पुराका लागि मनाउने बताए । छठको सष्ठीका दिन घाटमै रातभर भजनकृतन सहित पुजा आराधाना गरेर मनाईनेछ । कार्तिक शुक्लसप्तमी तिथिका दिन उदाउँदो सुर्यलाई अध्र्य दिएपछि छठपुजना समान गरिनेछ । मधेश प्रदेशका एकदिन थप सार्वजनिक विदा दिएको छ ।

ताजा समाचार

spot_img