दोधारा । दोधारा चाँदनी नगरपालिकामा भोलीबाट अन्तर नगर स्तरिय पुरुष फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ् । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा भोली अर्थात २ गतेबाट दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा अन्तर नगर स्तरिय पुरुष फुटवल प्रतियोगिता सञ्चलन हुने भएको नगर खेलकुद बिकास समितिका सदस्य राम बहादुर सुनुवारले जानकारी दिनुभएको छ् ।

प्रतियोगिता ९ ए साईड हुने उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा सञ्चालन हुने फुटवल प्रतियोगितामा झण्डै १० टिम सहभागी हुने बताईएको छ् ।

प्रथम हुने फुटवल प्रतियोगितालाई नगद रु. ५५ हजार १ सय र द्धितिय हुने टिमलाई रु. २५ हजार नगद धनरासी तथा प्रमाण पत्र प्रदान गरिने आयोजक संस्था नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।

