पप्पु गुरुङ्ग, दोधारा । अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको अयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल, युनिसेफ लगाएत संस्थाहरुको सहकार्य र सहयोगमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् ।

हरेक वर्ष विश्व समुदायले अक्टोवर महिनाको १३ तारिखमा अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसका मनाउने गरेको हुदा दोधारा चाँदनी नगरपालिकामा अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा बतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले प्राकृतिक प्रकोपको जोखिम बढाएको उहाँले बताउनुभएको छ् ।

समय–समयमा आउने भूकम्प होस् वा भिषण बाढी पहिरो, भौगोलिक रुपमा विविधता संगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बिशेष गरि बाढीको उच्च जोखिममा दोधारा चाँदनी नगरपालिका रहेको बताउनुभएको छ् । बाढी ग्रस्त बस्तीहरुमा पालिकाले गरेको काम र विपद् जोखिम न्युनिकरणको लागी गर्नु पर्ने थप कार्यको बारेमा उहाँले जानकारी गराउनुभएको छ् ।

विपद् जोखिम व्यवस्थापन कार्य एक सामूहिक कार्य रहेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुहुदै विपद्को सामना गर्न जबसम्म समुदाय तत्पर हुदैन वा पूर्ण रुपले तयारी हुदैन तबसम्म विपद्ले ठुलो क्षती बनाउने बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका ९ वटा बिद्यालयका बिद्यार्थी सहभागी भएको बतृत्वकला प्रतियोगितामा लक्ष्मी माबि प्रथम, नोवेल एकेडेमी द्धितिय र ध्रुवतारा पव्लीक स्कुल तृतिय भएका छन् ।
प्रतियोगितामा बिजयता तथा उपबिजयता बिद्यालयहरुलाई सम्मान तथा नगद रकम प्रदान गरिएको छ् । ‘विपद् व्यवस्थापनका लागी प्रतिकार्य भन्दा उत्थानशिलतामा लगानी’ शिर्षकमा भएको बतृत्वकला प्रतियोगितामा जनप्रतिनिधी, शिक्षक, बिद्यार्थीहरुको बाक्लो उपस्सिथती रहेको थियो ।
