जंगली हात्तीले कञ्चनभोजमा धानबाली नष्ट, हात्ती धपाउन रातभरी जाग्रम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जंगली हात्तीको बथानले किसानहरुको धान खेती नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीको बथानले किसानहरुको धान तथा उखु खेती नष्ट गरेको छ् । नेपाल–भारत संग सिमा जोडिएको कञ्चनभोज बस्तीमा रातीको समयमा ठुलो संख्यामा हात्तीको बथानले धान तथा उखु खेती नष्ट गर्दै आएको स्थानियबासी तथा नेकपा एमालेका युवा नेता राम सिंह खड्काले बताउनुभएको छ् ।

वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका वेला जंगली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन् । पछिल्लो एक महिना देखि यसरी जंगली हात्ती बस्ती पस्न थालेका छन् ।

हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउछन् ।

ताजा समाचार