रेडियन्ट माध्यमिक विद्यालयमा शुभकामना कार्यक्रम सम्पन

कञ्चनपुर : कञ्चनपुर काे रेडियन्ट माध्यमिक विद्यालयमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ। विजया दशमी तथा दशैँ तिहार को पावन अवसरमा विद्यार्थी हरूलाई शुभकामना आदानप्रदान गर्न सो कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्द ले बताउनुभयो ।

कार्यक्रममा प्रिन्सिपल चन्दले शिक्षक र विद्यार्थीहरूलाई जमरा र टिका लगाएर आशीर्वाद दिनुका साथै हिन्दुहरूको महान पर्व दशैँकाे पावन अवसर मा सबैलाई शुभकामना प्रदान गर्नुभएको छ । साथै उहाले यस्ता चाडपर्वले एकता र सम्बन्ध बलियो बनाउने भएकोले मौलिक चाडपर्व मनाउनुपर्ने बताउनुभयो ।

ताजा समाचार