जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरचना पुर्ननिर्माण गर्न बेलौरीका जनप्रतिनिधी र कर्मचारीले १दिन बराबरको पारिश्रमिक दिने

कञ्चनपुर, : गत २३ र २४ भदौँमा जेनजी आन्दोलनका क्रममा सरकारी सरचना एव सम्पत्तीमा भएको क्षति पुर्ननिर्माणका लागि कञ्चनपुरकोे एक स्थानीय सरकारले सहयोगदेखि पारिश्रमिक बाफत रकम दिने भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले जेनजी आन्दोलबाट भएको भौतिक पूर्वाधार निर्माणका लागि कर्मचारी र जनप्रतिनिधीले १दिन बराबरकोे पारिश्रमिक दिने निर्णय गरेको होे । बिहीबार कार्यपालिका बैठकले पुर्ननिर्माणका लागि जनप्रतिनिधी र कर्मचारीका तर्फबाट एक दिनको पारिश्रमिक बराबरको रकम दिनुका साथै पालिबाट २लाख रुपैया दिने निर्णय भएको जनाएको छ ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले देशको विषम परिस्थितिलाई सामना गर्नका लागि जनप्रतिनिधी र कर्मचारीले एक दिन बराबरको पारिश्रमिक दिने निर्णय गरेको बताए । मेयर चौधरीका अनुसार ५असोज ०८२मा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुर्ननिर्माणका लागि कोष गठन गर्ने निर्णय अनुरुप पारिश्रमिकदेखि नगरपालिकाको आन्तरिक कोषबाट २लाख जम्मा गर्ने बताए । नगरपालिकाले आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदहरुप्रति श्रद्धान्जली र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बेलौरी नगरपालिकामा सुशासनको विषय अघि सारेर आन्दोलनरत जेनजी पक्षसग वार्ता गर्ने र कर्मचारीहरुलाई नियमित काममा फर्किन अनुरोध गर्ने निर्णय गरिएको छ । नगरपालिकाले देशभर जेनजी आन्दोलनका क्रममा बेलौरीमा सरकारी, निजी एव सार्वजनिक सम्पत्तीमा भौतिक क्षतिबाट जोगाएको भन्दै नगरबासीप्रति आभार प्रकटका साथै विषम परिस्थितिमा सयमित हुन आब्हान गरेको छ ।

ताजा समाचार