कञ्चनपुर : आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता संचालन हुन लागेको छ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघको आयोजनामा कर्बडहलमा प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता संचालन हुन लागेको हो । सुप प्रदेश सितोरियो कराते संघका संयोजक ओमकार गिरीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको बताउँदै दिउँसो औपचारिक उद्घाटन हुने बताए । प्रदेशका खेलाडी चलायमान गराउनका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनका अनुसार उमेश र तौल समुहविच प्रतिस्पर्धा गराईनेछ । तौलतर्फ २५ र ८५ किलो माथि र उमेर तर्फ १०, १३, १६, १९ बर्षमुनी र १९ बर्षमाथि उमेर समुहविच प्रतिस्पर्धा गराईनेछ । ‘हामीले यो खुला प्रतियोगिता सितोरियो संघबाट पहिलो पटक गर्न लागेका छौँ, ‘उनले भने, ‘सुप प्रदेश कञ्चनपुर, कैलाली सहित पहाडी जिल्लाबाट सहभागिता हुनेछ । प्रतियोगितामा झण्डै ६÷७ सय खेलाडीविच प्रतिस्पर्धा गराईनेछ ।प्रतियोगिता संयोजक कर्म बहादुर सिहले सहभागि खेलाडीहरुलाई बसोबासदेखिका आवश्यक प्रबन्धका लागि महेन्द्रनगरका होटल संचालकहरुसंग समन्वय भईरहेको बताए ।

‘सयौँ खेलाडी एकैपटक महेन्द्रनगर ग्यादरिङ्क हुनेछन, ‘उनले भने, ‘यसले बजार समेत चलायमान गराउनेछ ।’ उद्घाटनका दिन प्रभातफेरी सहितका कार्यक्रम अघि बढाईनेछ । विजेता खेलाडीलाई प्रमाण पत्र, मेडल सहितका पुरस्कार प्रदान गरिनेछ । ‘यो प्रतियोगिताले कम्तिमा पनि खेलाडीको बृद्धि विकास चलायमान हुनेछ, ‘उनले भने, ‘राष्ट्रिय प्रतियोगितालाई समेत झल्को दिने, सबै उमेर, तौल समुहका खेलाडीविच सामुहिकता, प्रतिस्पर्धा हुनेछ ।’ सितोरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङ्कको प्रमुख आथित्यमा हुने कार्यक्रममा संघका अन्र्तराष्ट्रिय खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । सितोरियो कराते प्रशिक्षक बिरेन्द्र बहादुर चन्दले सोेनिया तिरुवा, आस्था लुहार, मनिसा बोहरा, कञ्चन बोहरा र शुनिता सुनारलाई सम्मान गरिनेछ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघका अध्यक्ष यज्ञराज बैजले खेल र खेलाडीको विकास र स्तरबृद्धिका लागि खुला प्रतियोगिता आयोजना गरिएको बताए । ‘यो प्रतियोगिता संघकै आयोजनामा हो, कुनै सरकारी निकायबाट सहयोग छैन, ‘स्थिल बन्दै गएको खेलकुद क्षेत्र चलायमान गराउने उदेश्य पनि हो, खेलकुदले समग्र बजार क्षेत्र पनि चहलपहल ल्याउँछ ।’

सुप प्रदेश सितोरियो कराते संघ कञ्चनपुरका अध्यक्ष सरोज बैद्यले प्रदेशस्तररिय प्रतियोगितामा जिल्लाभरीबाट खेलाडी सहभागिता गराउने प्रतिबद्धता जाहेर गरेका छन । तीन दिनसम्म संचालनहुने प्रतियोगिताले सुदूरको सितोरियो कराते खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । तीन बर्षदेखि लगातार राष्ट्रिय खेलकुद प्रतियोगिता नभएपछि सुदूरपश्चिमका खेलाडी चलायमान गराउनका लागि प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता संचालन गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले खेलाडी चलायमान गराउनका लागि प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता संचालन गर्न लागिएको हो । २८ असोजदेखि ३ कार्तिकसम्म ०७९ गण्डकी प्रदेशको पोखरामा भएको ९औँ राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा गर्ने भनिएपनि दुई पटक स्थगित भएपछि खेलाडी निरास भएका बेला नेपाल सितोरियो कराते संघ सुप प्रदेश सितोरियो कराते संघले खुला कराते प्रतियोगिता आयोजना गर्न लागेको जनाएैको छ ।

