महाकाली माता मन्दिरमा राष्ट्रिय युवा संघ दोधारा चाँदनीद्धारा सरसफाई

दोधारा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीद्धारा महाकाली माता मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको महाकाली माता मन्दिर हातामा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको टोलीले सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले बताउनुभएको छ् । चाडपर्व नजिकिदै गर्दा राष्ट्रिय युवा संघ नेपालले बिभिन्न सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत आज महाकाली माता मन्दिर परिसरमा सरसफाई कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।

सरसफाई कार्यक्रममा नेकपा एमालेका नेता, युवा संघ नेपालका टोली, जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । यस अघि राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले सडक दुर्घटना न्युनिकरणको लागी सडकमा रहेका झाडी तथा फोहर सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो ।

आगामी दिनहरुमा यस्तो सामाजिक कार्यमा सबै सित हातेमालो गरि अघि बढ्ने राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले बताएको छ् ।

ताजा समाचार

spot_img