दोधारा चाँदनीका वडाध्यक्ष बस्नेतको पहलमा भैरवथानमा ‘पार्क’ निमार्ण गरिदै


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पार्क निमार्ण कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ भैरवथान मन्दिर क्षेत्रमा पार्क निामर्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालय, एनएनएसडब्ल्यूए र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको ‘गिफ्ट प्लान्टेशन सपोर्ट’ कार्यक्रम र समुदायको लगानीबाट भैरवथान मन्दिर क्षेत्रमा रहेको झण्डै ३ कट्टा जग्गामा पार्क निमार्ण कार्य सुरु गरिएको वडाध्यक्ष ओंम बस्नेतले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको मुटुमा निमार्ण गर्न थालिएको पार्कको संरक्षण गर्नु पर्ने सबैको दायित्व भएको तर्क गर्दै पार्कको थप स्तरोन्नती गर्नका लागि बजेट विनियोजन गर्न सबै क्षेत्रमा गुहार माग्ने वडाध्यक्ष बस्नेतले बताउनुभएको छ् । हाल उक्त क्षेत्रमा तारजाली र धुपी, समिर लगाएत बिभिन्न जातका १ सय बढी बिरुवा रोपिएको उहाँले बताउनुभयो ।

बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न र वातावरणीय सन्तुलन कायम गर्न साथै खुल्ला क्षेत्रको संरक्षण गरि हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले वडा नं. ६ मा निमार्ण सुरु गरिएको पार्कमा संस्थाले बिरुवा सहयोग गरेको एनएनएसडब्ल्यूए सुद्दढ परियोजनाका पुर्व सुचना अधिकृत भोजराज भट्टले बताउनुभयो ।

निमार्ण सुरु गरिएको पार्कको संरक्षण, सम्वर्धन र व्यवस्थापन वडा कार्यालय, समुदायले गर्ने बताईएको छ् । पार्कलाई व्यवस्थित र आकर्षक बनाउदै वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने वडा कार्यालयले अपेक्षा राखेको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img