कञ्चनपुर : महेन्द्रनगरकी एक युवती काठमाण्डौँमा हराएकी छिन । भीमदत्त नगरपालिका ७हल्दुखालकी २७ बर्षिया संगिता चन्द दुई सातादेखि सम्पर्क बिहिन भएकी हुन । संगिताकी आमा सिता चन्दले २१ भदौँमा छोरीसंग सम्पर्क भएको त्यहाँदेखि यता नभएको बताईन ।

‘कामका लागि दुई बर्षदेखि छोरी काठमाण्डौँमा बस्थिन, ‘उनले भनिन्, ‘कतै जेनजी आन्दोलनको घुमरीमा त परिनन् ।’ भारतमा काम गर्दै आएका संगिताका बाबु हरिचन्द्र, घर परिवारले खोजिदिन आग्रह गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र काठमाण्डौँमा निवेदन समेत दिएका छन । प्रहरीले संगिताको हुलिया सहित खोजिनीति गर्ने जनाएका छन । दुईदिन चर्किएको जेनजी आन्दोलनले घर परिवार झन चिन्तित भएका छन ।

