दोधारा चाँदनीमा मृत अवस्थामा रतुवा फेला

दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक रतुवा मृत अवस्थामा फेला परेको छ । दोधारा चाँदनी नगरपालिका– चक्की बजार सडक नजिक मृत अवस्थामा एक रतुवा फेला परेको बाबाथान प्रहरीले जनाएको छ् । कुकुरको आक्रमणबाट रतुवा मरेको हुनसक्ने आंकलन गरिएको छ् ।

स्थानियबासीहरुले मृत अवस्थामा रतुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाँउलाई खबर गरेपछि नेपाली सेना र निकुञ्ज कार्यालयको टोली रतुवा मृत्यु अवस्थाको स्थानमा पुगेको थियो ।

ताजा समाचार