दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सुशासन र वित्तीय पारदर्शिताको माँग राख्दै स्थानीय जेन जी युवा समुहहरुले ज्ञापन पत्र बुझाएका छन् । आईतवार दोधारा चाँदनी नगरपालिका कार्यालयमा स्थानीय जेन जी युवा समुहहरुले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई भेट गरि बिभिन्न माँग सहित ज्ञापन पत्र बुझाएको स्थानीय जेन जी युवा समुहका एक सदस्य हर्षित भट्टले बताउनुभएको छ् । युवाको समूहले ज्ञापन पत्र मार्फत नगरपालिकाको विगत तीन वर्षको आय–व्यय विवरण र सम्पत्ति विवरण सार्वजनिक गर्न सात दिनको अल्टिमेटम दिएको उहाँले बताउनुभएको छ् ।

विगत तीन वर्ष देखि नगरपालिकाको आर्थिक गतिविधि, खर्च, निर्णय र सम्पूर्ण जनप्रतिनिधीहरुको सम्पत्ति विवरण बारे जनता बीच गम्भीर चाँसो र प्रश्न उठेको कारण आफुहरुले आय–व्यय विवरण र सम्पत्ति विवरण माँग गरेको हर्षित भट्टले बताउनुभयो । विगत तीन वर्षको बजेट र खर्चको सम्पूर्ण विवरण प्रमाण सहित सार्वजनिक गरिनुपर्ने, साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सम्बन्धित निकायलाई अनुसन्धानमा समावेश गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न जनप्रतिनिधी वा कर्मचारीले प्रमाणित भएमा पाईएमा तत्काल राजीनामा दिनुपर्ने, सूचना प्राप्तिको हक ऐन, २०६४ अनुसार सम्पूर्ण

जनप्रतिनिधीहरुले आफ्नो सम्पत्ति र स्रोतको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने, आगामी कार्यपालिका बैठकहरुको प्रत्यक्ष प्रसारण गरी आम जनतालाई सहज जानकारी उपलब्ध गराईनु पर्ने लगाएत माँग सहित जेन जी युवा समुहहरुले ज्ञापन पत्र बुझाएको दोधारा चाँदनी नगरपािलका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ् ।

