देश बिषम परिस्थितीमा गुज्रीरहेको बेला सचेत नागरिक भई संयमता अपनाउन मेयर लिम्बुको आग्रह

दोधारा । देश बिषम अवस्थामा अवस्थामा गुज्रिरहेको बेला सबैले सचेत नागरिक भई संयमता अपनाउन दोधारा चाादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आग्रह गर्नुभएको छ् । यतिबेला सबैले धर्य गरि देश र जनताको हितमा सोच्ने बेला आएको मेयर लिम्बुले बताउनुभयो । मेयर लिम्बुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बिचार राख्दै यति बेला गाँउ बस्तीमा लुटपाट र चोरी भएको खवर आउदै गर्दा सबैले सुरक्षित बस्न अपिल गनुभएको छ् । ‘आदरणीय नगरवासी यहाँहरु सम्पुर्णमा हार्दिक नमस्कार । सबै जना सुरक्षीत स्थानमा बसौ, सचेत बनौ, देशको अवस्था जटिल भईरहेको छ् ।

गाँउ, घर शहर बजार सबै ठाँउहरुमा लूटपात भएको खबर आईरहेको छ् । यस्तो अवस्थामा आफु सुरक्षित रहनु होला र छरछिमेकमा सुरक्षित रहन जागरुक गराउनु होला । देश गम्भीर अवस्थामा गुज्रिरहेको बेला जिम्मेवार नागरिक को भुमिका निर्वाह गर्न आग्रह गर्दछु । देशमा सेनाले निशेधआज्ञा तथा कफ्र्यु लगाएको स्थिति छ् । समयमै आफ्नो कार्य गरौ । रात बिरात बाहिर नजाऊ । विभिन्न कालखण्डमा विभिन्न परिस्थितिहरु देशमा उत्पन्न हुन्छ्न् । यस्ता परिस्थिति संग जुझ्दै आएका हौ र यसको सामना गर्नुको बिकल्प हुदैन् ।

सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीको क्षती गर्न नदिऊ । व्यक्तिगत रिसिबीको कारण आन्दोलनकारीलाई व्यक्तिगत स्वार्थको लागि गलत प्रयोग नगरौं । गाँउ घरमा शंकास्पद व्यक्ति वा समूह देखा परे सेनाको हल्प लाईनमा तुरुन्त खबर गरौं ।’ मेयर लिम्बुले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ् ।

ताजा समाचार