दोधारा । देशभरको अस्थिर सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समेत अवाञ्छित गतिविधि हुन सक्ने भन्दै नेपाली सेनाले स्थानीयलाई घरमै सुरक्षित बस्न आग्रह गरेको छ् । सेनाले अत्यावश्यक कारण बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आफ्नो सुरक्षाका लागि घरमै सुरक्षित साथ बस्न अनुरोध गरेको छ् । साथै, अपरिचित व्यक्तिहरुलाई घर वा समुदायमा प्रवेश नदिन सर्वसाधारणलाई सचेत गराइएको छ् ।

शान्ति सुरक्षा मजबुत बनाउन नेपाली सेनाको कमाण्डमा विभिन्न सुरक्षाकर्मीहरु स्थानमा परिचालन गरिएको छ् । सरकारले निषेधाज्ञा जारी गरेको कारण अतिआवश्यक काम बाहेक घरमा बस्न आग्रह गरेको हाने ।

नेपाली सेनाले नागरिकलाई संयमित रहन, हल्ला फैलावट नगर्न तथा सुरक्षाकर्मीहरुको निर्देशनलाई पालना गर्न विशेष आग्रह गरेको छ् ।

