दोधारा चाँदनीमा पनि युवाहरुद्धारा सरकारको बिरुद्धमा ब्यापक प्रर्दशन, काग्रेंस कार्यालयमा आगजनी


दोधारा । भ्रष्टाचार, बेथिति र दण्डहिन्ता अन्त्यको माँग गर्दै प्रदर्शनमा उत्रेको जेन–जी पुस्ता माथी जन निर्वाचित सरकारले गोली हानी हत्या गरेको भन्दै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पनि जेन–जी पुस्ताको समर्थनमा आन्दोलन चर्किएको छ् । मंगलबार दोधारा चाँदनी नगरपालिकामा नगर क्षेत्रको बिभिन्न क्षेत्रमा जेन–जी पुस्ताले बिरोध प्रर्दशन गरेको छ् । प्रर्दशनका क्रममा नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड सहित आगजनी गरेका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर आन्दोलनकारीले सरकार र नेता बिरुद्ध नाराबाजी गरेका हुन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको गेट, नगरपालिकाको गेटमा टायर बालेर प्रदर्शन गरिएको छ । नगर क्षेत्रमा रहेका शैक्षिक संस्था तथा पसलहरु पनि बिहानै देखि बन्द भएको छ् । दोधारा चाँदनी नगरपालिका बिभिन्न बस्तीमा जेन–जी पुस्ताको पक्षमा प्रदर्शन भईरहेको छ ।

सरकारकै कारण देशमा भ्रष्टाचार, बेथिति र दण्डहिन्ता मौलाएको भन्दै जेन–जी पुस्ताले थालेको प्रदर्शनले सरकार बिरोधी आन्दोलनको रुप लिदै गएको छ । सुशासन र समान अवसरको माँग सहित देशका विभिन्न भागमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले सोमबार बर्बर दमन गर्दै नरसंहारमा उत्रेपछि देशैभर आन्दोलन चर्किएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img