फिफा फुटबल फर स्कुल कार्यक्रमका लागी कैलालीमा ४९ वटा विद्यालय छनौट,फुटबल हस्तान्तरण

फुटबल बिकासका लागि कैलालीमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

कैलाली: सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा फुटबल बिकासका लागि फिफा फुटबल फर कार्यक्रमको सुरुवात संगै छनौट विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ।

सोमबार धनगढी उपमहानगरपालिका वडा नं.- १२ जुगेडामा रहेको सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट क्लब मनकामना युवा क्लबको खेलमैदान फुटबल बिकासका लागि एक कार्यक्रमका साथ फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत कैलालीमा ४९ विद्यालय छनौटमा पर्न सफल भएका छन्।

उक्त कार्यक्रम का कैलाली जिल्लाका ४९ वटा विद्यालयलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतको कार्यसमितिले विद्यालयलाई फुटबल हस्तान्तरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कैलाली जिल्ला फुटबल संघ महासचिव ललित मिश्रले बताउनु भयो।
उनका अनुसार सुदूरपश्चिम प्रदेशमा ९० वटा विद्यालयहरु छनौट हुन पुगेका छन्।

विद्यालय क्षेत्रबाट फुटबल बिकास लाई अगाडि बढाउने उद्देश्यले यूनेशको आर्थिक सहयोगमा फिफाले विद्यालय बाट फुटबल लाई बिकास संगै बिस्तार गर्नका लागी ४ देखि १४ वर्ष मुनिका विद्यार्थीहरु लाई मध्यनजर गर्दै ७७ जिल्लामै फिफा फर स्कुल कार्यक्रम सञ्चालन गर्न लागेको एन्फा केन्द्रीय अध्यक्ष नेम्वाङले बताउनु भन्नु भयो। उक्त कार्यक्रममा बोल्दै छनौटमा परेका विद्यालयलाई सफलताको शुभकामना दिनुका साथै फुटबल बिकासमा समेत विशेष हातेमालो गर्न आग्रह समेत गर्नु भयो।

उनले भन्नू भयो, कैलाली र कञ्चनपुर जिल्लामा फुटबल बिकासमा अतुलनीय योगदान पुगाउदै आएको र आगामी दिनमा समेत थप उर्जाशिल खेलाडी उत्पादनमा जोड दिनुका साथै अखिल नेपाल फुटबल संघ (एन्फा) बाट हुने सहयोग सदैव रहने प्रतिबद्धता समेत गर्नु भयो।

कार्यक्रमका सभापतित्व कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल, प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका (एन्फा) केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ रहनु भएको थियो। भने उक्त कार्यक्रममा एन्फा केन्द्रीय उपाध्यक्ष दिपक खतिवडा, केन्द्रीय सदस्य बिकास नारायण श्रेष्ठ, मणिराज बिष्ट, पुरुष्तम थापा र सरिला श्रेष्ठ, टीका लामा, मनिश जोशी, भोजराज शाही, सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ,कञ्चनपुर जिल्ला फुटबल संघ अध्यक्ष गणेश बहादुर चन्द कैलाली जिल्ला फुटबल संघका कार्यसमिति पदाधिकारी, खेलप्रेमि खेलाडी विद्यार्थी र मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेय कार्यसमिति पदाधिकारी साथै जनप्रतिनिधि उपस्थिति रहेको थियो।

ताजा समाचार