कैलाली: सुदूरपश्चिम प्रदेशको धनगढी बिमानस्थलमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत टोलिलाई धनगढी विमान स्थलमा भव्य स्वागत गरेको छ।

आइतबार फिफा फोर स्कुल कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश आएका अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत कार्यसमितिलाई सुदूरपश्चिम प्रदेशमा स्वागत गरिएको हो।

सुदूरपश्चिम प्रदेश फुटबल संघ अध्यक्ष दिनेश श्रेष्ठ कैलाली जिल्ला फुटबल संघ अध्यक्ष अनिल मल्ल र कञ्चनपुर जिल्ला फुटबल संघ अध्यक्ष गणेश चन्द लगायत फुटबल खेलप्रेमि कार्यसमितिको उपस्थिति रहेको थियो।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न.१० बिकास बस्तीमा रहेको ललझाडी युवा क्लब-११ को खेलमैदान फिफा फोर स्कुल कार्यक्रमको उद्धघाटन कार्यक्रम संगै विद्यालयलाई फुटबल हस्तान्तरण गरेको छ।
